काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने २५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य ४४८ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।