काठमाडौं । देशभर विद्युत् उत्पादन (चालु आवको फागुनसम्म) २ हजार ९७६ मेगावाट पुगेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ अनुसार राष्ट्रिय प्रसारणलाइनमा जोडिएको जलविद्युतको क्षमता २ हजार ९७६ मेगावाट पुगेको हो।
सात प्रदेशमध्ये सबैभन्दा धेरै विद्युत् उत्पादन बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा जडित विद्युतको क्षमता १ हजार १९६ मेगावाट पुगेको छ। यो कुल विद्युत् उत्पादनमा ४०.१८ प्रतिशत हो ।
त्यस्तै, दोस्रो धेरै विद्युत् उत्पादन गण्डकी प्रदेशमा ९३३ मेगावाट रहेको छ । गण्डकीमा कुल जडित क्षमताको ३१.५० प्रतिशत विद्युत् उत्पादन हुन्छ ।
त्यसैगरी, कोशी प्रदेशमा ५७७ मेगावाट, लुम्बिनीमा ५८ मेगावाट र मधेशमा २५ मेगावाट बिजुली उत्पादन हुन्छ । सबैभन्दा कम विद्युत् उत्पादन कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा जम्मा १६ मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ ।