काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । गत साता लगातार ११० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्सन आएको हो ।
आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि करोबार रकम भने उत्साहजनक नै रहको छ । आज ३१५ कम्पनीको ४ अर्ब ४४ करोड रुपैयाँ बढीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । होटल उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूह २.१९ प्रतिशतले घटेको छ ।
आज आइएमई लाइफ इन्स्योरेन्स र सीईडीबी हाइड्रोपावरको सर्वाधिक समान १५ करोड रुपैयाँ बढीको सेयर सर्वाधिक कारोबार भएको छ ।
कारोबारमा आएका मध्ये जम्मा २९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ ।
आज कालिञ्चोक दर्शनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
इन्फिनिटी लघुवित्तका सेयरधनीले सर्वाधिक ६.३६ प्रतिशत गुमाएका छन् ।