काठमाडौं । नेपालको संविधान अनुसार आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराएका हुन् ।
उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।