काँग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेको नाराबाजीक बीच सरकारको आगामी आर्थिक वर्ष २०८२/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।

काँग्रेसको नाराबाजी बीच अर्थमन्त्रीले सदनमा पेस गरे आर्थिक सर्वेक्षण Read Previous

काँग्रेसको नाराबाजी बीच अर्थमन्त्रीले सदनमा पेस गरे आर्थिक सर्वेक्षण

आगामी वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे Read Next

आगामी वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे