काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजी बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
प्रतीपक्षी काँग्रेसले लामो समयदेखि संसद अबरुद्ध गर्दै आएको छ । आज पनि बैठक कार्यसूचीमा प्रवेश गरेलगत्तै कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।