प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११ः३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताए।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूँजीगत लाभकर सम्बन्धी व्यवस्था संशाेधन गर्न सेयर लगानीकर्ताको माग Read Previous

पूँजीगत लाभकर सम्बन्धी व्यवस्था संशाेधन गर्न सेयर लगानीकर्ताको माग

काँग्रेसको नाराबाजी बीच अर्थमन्त्रीले सदनमा पेस गरे आर्थिक सर्वेक्षण Read Next

काँग्रेसको नाराबाजी बीच अर्थमन्त्रीले सदनमा पेस गरे आर्थिक सर्वेक्षण