पूँजीगत लाभकर सम्बन्धी व्यवस्था संशाेधन गर्न सेयर लगानीकर्ताको माग

काठमाडौं । सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकर सम्बन्धी व्यवस्था संशोधन गर्न सरकारसँग माग गरेका छन् ।

सेयर बजारका लगानीकर्ताहरूको ८ वटा संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षको बजेटमा दुई बुँदे माग राखेका हुन् ।

उनीहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर हुने कानुनी व्यवस्था गर्न माग गरेका छन् । अहिले प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त आम्दानीमा दीर्घकालीन (१ वर्ष बढी) भए ५ प्रतिशत र अल्पकालीन (१ वर्षभ्न्दा कम) लगानीमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ । यसलाई नै अन्तिम कर हुने व्यवस्था गर्न आयकर ऐनको अनुसूची समेत संशोधन गर्नुपर्ने उनीहरूको माग छ ।

उक्त ऐन संशोधन भएमा व्यक्तिगत तवरबाट हुने धितोपत्र कारोबारलाई प्राेत्साहन गर्न तथा कर कट्टी र अभिलेखीकरण कार्यलाई सहज बनाउने उनीहरूको भनाइ छ ।

त्यस्तै, हालको पूँजीगत लाभकर घटाउन माग गरेका छन् । अल्पकालीन लगानीमा ५ प्रतिशत र दीर्घकालीन लगानीमा ३ प्रतिशत मात्र कर लगाउन माग गरेका छन् ।

उनीहरूले विगत लामो समयदेखि लगानीकर्ताहरूले उक्त माग राखेको जनाउँदै माग सम्बोधन नभएमा विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् ।

नारायणगढ-मुग्लिन सडकमा पहिरोले एक्सकाभेटर पुर्यो, चालकको मृत्यु Read Previous

नारायणगढ-मुग्लिन सडकमा पहिरोले एक्सकाभेटर पुर्यो, चालकको मृत्यु

प्रतिकूल मौसमले हवाई उडान प्रभावित Read Next

प्रतिकूल मौसमले हवाई उडान प्रभावित