नारायणगढ-मुग्लिन सडकमा पहिरोले एक्सकाभेटर पुर्यो, चालकको मृत्यु

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै झरेको पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ।

इच्छाकामना-५ मा पर्ने सडक छेउमा नाला खन्ने क्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो ।

पहिरोमा पुरिएर एक्सकाभेटर पूर्ण रुपमा क्षति भएको छ भने ना ५ ख १५११ नम्बरको ट्रकमा पनि क्षति पुगेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार Read Previous

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

पूँजीगत लाभकर सम्बन्धी व्यवस्था संशाेधन गर्न सेयर लगानीकर्ताको माग Read Next

पूँजीगत लाभकर सम्बन्धी व्यवस्था संशाेधन गर्न सेयर लगानीकर्ताको माग