काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार आएके छ । कम्पनीले सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५.४९ प्रतिशतले बढेको छ ।
चालु आवको चैतसम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा साढे ४ करोड रुपैयाँ बढी हो । गत वर्ष चैसम्म कम्पनीले २९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको हो । पहिलो त्रैमासमा कम्पनी ४७ करोड ५६ लाख रुपैयाँ घाटामा थियो ।
त्रैमासमा कम्पनीको खुद बीमा शुल्क र लगानी तथा कर्जाबाट हुने आम्दानी घटे पनि खर्च घट्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलन १०.५२ प्रतिशतले घटेर ३ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष दोस्रोे त्रैमासमा कम्पनीले ३ अर्ब ३९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको लगानी तथा ऋणबाट हुने आम्दानी ९.८० प्रतिशतले घटेर ८७ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ८.२१ प्रतिशतले घटेर २ अर्ब ५८ करोडमा सीमित भएको छ । त्यस्तै, कुल खर्च ५१ करोड रुपैयाँ घटेर २ अर्ब ५८ करोडमा सीमित भएको छ ।
हाल १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख र रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.६४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४५.७५ रुपैयाँ रहेको छ ।