अब बीमालेख जारी र नवीकरण गर्दा डिजिटल माध्यमबाट कारोबार गर्नुपर्ने

काठमाडौं । अब बीमा कम्पनीहरूले नयाँ बीमालेख बिक्री गर्दा र पुराना बीमालेख नवीकरण गर्दा अनिवार्य रूपमा डिजिटल माध्यमबाट कारोबार गर्नुपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स, २०२४’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब बीमा कम्पनीहरूले नयाँ बीमालेख जारी गर्दा र पुरानो बीमालेख नवीकरण गर्दा अनिवार्य रूपमा डिजिटल कारोबार गर्नुपर्नेछ ।

डिजिटल भुक्तानीका लागि बीमकले अनिवार्य रूपमा इजाजतपत्र प्राप्त पेमेन्ट गेटवे वा बैंक तथा वित्तीय संस्था प्रयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ । डिजिटल भुक्तानी गर्दा व्यक्ति वा संस्था, बीमक स्वयं र बीमितले कुनै पनि किसिमको शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने छ ।

बीमकले दाबी भुक्तानी, बीमालेख धितो कर्जा, समर्पण, जीवन लाभबापतको रकम डिजिटल माध्यमको प्रयोगबाट गर्नुपर्ने छ । यो व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने प्राधिकरणले जनाएकोछ ।

सिटिजन्स बैंकका ग्राहकले आइएनजीए सपिङ कमप्लेक्समा १०% छुट पाउने Read Previous

सिटिजन्स बैंकका ग्राहकले आइएनजीए सपिङ कमप्लेक्समा १०% छुट पाउने

प्रभु बैंकका ग्राहकले पोखराको होटल सरोवर र किङ्गस लाउन्जमा  विशेष छुट पाउने Read Next

प्रभु बैंकका ग्राहकले पोखराको होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने