काठमाडौं । बुद्ध भूमि हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
विद्युत् नियमन आयोगले कम्पनीलाई १:१ अनुपात अर्थात् हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।
कम्पनीले १५० प्रतिशत हकप्रद निष्काशन गर्न माग गरे पनि आयोगले १०० प्रतिशतको मात्रै अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ । १०० प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले अब उक्त हकप्रद प्रस्ताव साधरणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ ।
कम्पनीले हाल नुवाकोटमा ४.९९३ मेगावाटको तल्लो तादी खोला जलविद्युत् आयोजना संचालन गरिरहेको छ ।