पशुपतिनाथको भेटी चोरीमा कोषका कर्मचारी नै संलग्न

काठमाडौं । पशुपतिनाथको भेटी चोरीमा कोषका कर्मचारीहरूकै संलग्नता रहेको पाइएको छ । प्रहरीले भेटी चोरीको आरोपमा पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित ८ जनालाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् ।

कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ । कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले भेटी कक्षबाट लिएको पैसा बाहिर आएर बाँडफाट गर्ने गरेको बताएका छन्।

दैनिक ३ देखि ४ लाख रुपैयाँ भेटी संकलन हुने गरेको छ। दिनभर संकलन भएको भेटी साँझ गनेर मेघा बैंकको कर्मचारीलाई बुझाउने गरिएको छ। भेटी गडबड हुन थालेपछि डेढ वर्षअघि भेटी गन्ने कक्षमा निगरानी गर्न थालिएको थियो।

बुद्ध भूमि हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Previous

बुद्ध भूमि हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति

बजेट अभावमा पर्वतका ११५ खानेपानी आयोजना अधुरै Read Next

बजेट अभावमा पर्वतका ११५ खानेपानी आयोजना अधुरै