कीर्तिमानी बिन्दुबाट घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा १हजार २०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार कीर्तिमानी प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज घटेर १ लाख ४० हजार ६०० रुपैयाँमा झरेको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ छ ।

३ अर्ब लागतको उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन निर्माण ठप्प Read Previous

३ अर्ब लागतको उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन निर्माण ठप्प

बुद्ध भूमि हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Next

बुद्ध भूमि हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति