कुमारी बैंकले मोबाइलबाटै २ लाखसम्म ऋण दिने

काठमाडौं । कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्यूआर मर्चेन्टहरूलाई मोबाइल बैकिङ एप मार्फत २ लाख रुपैयाँसम्मको कर्जा दिन फोन लोन सुविधा संचालनमा ल्याएको हो ।

यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तिय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तिय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने बैंकले अपेक्षा लिएको छ ।

कुमारीले हाल देशभरका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाइहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

साथै, आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने Read Previous

भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने

बैंक चम्किँदा नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

बैंक चम्किँदा नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट