सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । सुनको मूल्यले इतिहासकै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेर १ लाख ४० हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख ७ गते छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । बिहीबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३६८.३८ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ८०५ रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै महँगो हो ।

नेप्से घट्दा पनि करोड बढी ऋण लिएर सेयर किन्ने १८%ले बढे, ९ महिनामै लिए १० अर्ब ऋण Read Previous

नेप्से घट्दा पनि करोड बढी ऋण लिएर सेयर किन्ने १८%ले बढे, ९ महिनामै लिए १० अर्ब ऋण

वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा उठ्यो ४० अर्ब राजस्व Read Next

वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा उठ्यो ४० अर्ब राजस्व