शिक्षकले अब मासिक रूपमा तलब पाउने

काठमाडौं । सरकारले अब शिक्षकहरूलाई पनि मासिक रुपमा तलब दिने भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षदेखि शिक्षकलाई मासिक तलब दिने घोषणा गरेका हुन् ।

अहिले शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।

यस्तै, सरकारले शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

सरकारले १ हजार युवालाई 'स्टार्टअप बिजनेस' कर्जा दिने Read Previous

सरकारले १ हजार युवालाई 'स्टार्टअप बिजनेस' कर्जा दिने

यस्तो छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ) Read Next

यस्तो छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)