काठमाडौं । सरकारले १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले नवप्रवर्तनको विकास गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने बताए । यस्तै, सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यमशीलता विकास गर्ने घोषणा गरेको छ ।
सरकारले आगामी वर्ष १ हजार साना उद्यमीलाई सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।