काठमाडौं । सरकारले लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने व्यवस्था गर्ने भएको छ ।
मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले पूँजी बजार, बैंकिङ, लघुवित्त, सहकारी र बीमाका समस्या समाधान गर्न अध्ययनबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्ने उनले बताए ।
नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।