एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

कम्पनीले यसअघि नै १६ औं वार्षिक साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गरिसकेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुर्याउन एशियनले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २०० रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आव २०८०÷८१ को चैत्र मसान्तसम्म प्रथम बीमाशुल्क रु.१ अर्ब २० करोड ६१ लाख, नवीकरण बीमा शुल्क रु.४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु.५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

चैतससम्म कम्पनीको जीवन बीमा कोषमा ४१ अर्ब रुपैयाँभन्दा रकम छ । कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूमा समेत लगानी विविधिकरण गरेको छ ।

हाल कम्पनीले देशभरका १३९ शाखा कार्यालयहरू र १ लाख १३ हजार अभिकर्तामार्पmत् सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेकोे छ ।

१६ औं पञ्चवर्षीय योजना र सरकारको नीति तथा कार्यक्रम पारित Read Previous

१६ औं पञ्चवर्षीय योजना र सरकारको नीति तथा कार्यक्रम पारित

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने Read Next

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने