१६ औं पञ्चवर्षीय योजना र सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफलपछि मन्त्रिपरिषद्ले पारित गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्ले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको जानकारी दिइन् । उनले १६ औं योजनामा समेटिएका कार्यक्रमहरु चरणबद्ध रुपमा कार्यान्वयन गरिने उनले बताइन् ।

त्यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगमी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने Read Previous

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त Read Next

एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त