माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाको १० लाख रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटना बीमा अन्र्तगतको १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको वीरगञ्ज शाखामा न्यू स्मार्ट तलब खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्युपछि उनको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।

उनजी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार बैंकले बीमा रकम दिएको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दाबी चेक मृतककी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।

बैंकल न्यू स्मार्ट तलब खाता अन्र्तगत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाख रुपैयाँसम्म अस्पताल भर्ना एंव औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

होटलको नाफामा उच्च वृद्धि : सोल्टीले सबैभन्दा धेरै कमाउँदा सिटी घाटामा, कुनको कति ? Read Previous

होटलको नाफामा उच्च वृद्धि : सोल्टीले सबैभन्दा धेरै कमाउँदा सिटी घाटामा, कुनको कति ?

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने स्वीडेनको प्रतिबद्धता Read Next

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने स्वीडेनको प्रतिबद्धता