घोराही सिमेन्ट ६४ करोड घाटामा, रिटेन्ड अर्निङमा भने पौने ३ अर्ब संचित

काठमाडौं । घोराही सिमेन्ट नोक्सानी बढेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६४ करोड २५ लाख रुपैयाँ घाटामा छ ।

जबकि घोराही गत वर्षको यही अवधिमा ३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पछिल्लो ३ महिनामा मात्रै कम्पनीको नोक्सानी २२ करोडले बढेको छ । चैतसम्म घोराही ४१ करोड ८४ लाख ३८ लाख रुपैयाँ घाटामा रहेको हो ।

बिक्री आम्दानी, बिक्री लागत र खर्च बढ्दा कम्पनी ठूलो नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १.५९ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष चैतसम्म कम्पनीको यस्तो आम्दानी ३ अर्ब १३ करोड रुपैयाँ थियो । यस्तै, बिक्री लागत २ अर्ब ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १२ करोड ८२ लाख रुपैयाँबाट घटेर १ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २९.३२ प्रतिशतले बढेर २२ करोड ५८ लाख रुपैयाँ पुगेका छ । त्यस्तै, वित्तीय खर्च ८ करोडले बढेर ४१ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

हाल ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ७६ करोड, अन्य जगेडा कोषमा ७ करोड ९० लाख र सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ संचित छ।

घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.०७ रुपैयाँ ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २२०.५५ रुपैयाँ छ ।

 

नारायणी नदीमा ४२० मिटर लामो सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीले शिलान्यास गर्दै Read Previous

नारायणी नदीमा ४२० मिटर लामो सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीले शिलान्यास गर्दै

रिट खारेजसँगै ९ इन्टरनेट प्रदायकले सरकारलाई ४ अर्ब तिर्नुपर्ने, कुनले कति ? Read Next

रिट खारेजसँगै ९ इन्टरनेट प्रदायकले सरकारलाई ४ अर्ब तिर्नुपर्ने, कुनले कति ?