काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले हरूलाई बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिमा विशेष छुट पाउने भएका छन् ।
दुई संस्था बीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हस्पिटलका तर्फबाट डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट पाउने छन् ।
साथै, बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै पाउने छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्नेछ ।
प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित भएको थियो । बैंकले हाल देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।