बीमा चम्किँदा नेप्सेमा वृद्धि, १२७ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन सुधार आएको छ । बिहीबार ५ अंकले बढेको नेप्से आज ८ अंकले बढेको हो ।

आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको छ । यसदिन ३११ कम्पनीको ३ अर्ब १५ करोड रुपैयाँ बढीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशतले बढेको छ ।

बीमा कम्पनीहरुले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेसँगै लगानीकर्ता यस क्षेत्रमा आकर्षित भएका छन् ।

आज सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ५० लाख रुपैयाँ बढीको ३ लाख २८ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ ।

आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । आज श्रृजनशील लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र २ वर्ष यताकै बलियो, आन्तरिक सुधारोन्मुख, हेरौं १० तथ्यांकमा Read Previous

अर्थतन्त्रको बाह्य क्षेत्र २ वर्ष यताकै बलियो, आन्तरिक सुधारोन्मुख, हेरौं १० तथ्यांकमा

चिरायु नेशनल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट Read Next

चिरायु नेशनल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट