काठमाडौं । छिमेक लघुवित्त लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २६.९२ प्रतिशतले घटेको हो ।
लघुवित्तले चालु आवको चैत मसान्तसम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २४ करोड रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी, संचालन आम्दानी घट्दा र खराब कर्जा बढ्दा खुद नाफामा असर परेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा पनि २७.३७ प्रतिशतले घटेर ९० करोड ४३ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ३२ अर्ब ९१ करोड निक्षेप संकलन गरी कुल ३३ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ ।
हाल २ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रुपैयाँ छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १२.५८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २८.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.३ रुपैयाँ छ ।
यस अवधिमा खराब कर्जा १.१९ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ ।