कार एसेम्बल गर्न मोट्रेक्ससँग भयो सम्झौता, ४ वर्षमा बन्ला नेपालमै कार

काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा नै कार बनाउन गरेको प्रस्तावलाई लगानी बोर्डले प्रारम्भिक सम्झौता गरेको छ ।

 

हिजो बुधबार एक कार्याक्रम गर्दै लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच प्रारम्भिक चरणको परियोजना लगानी सम्झौता भएको छ ।

 

यसअघि मोट्रेक्सले अघि सारेको १३ बुदे सर्तबाट मोट्रेक्स पछि हटेसँगै प्रारम्भिक सम्झौता भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

 

‘हामीले १० अर्व ५४ करोड बराबरको वैदेशिक लगानीमा गाडी उत्पादन गर्ने प्लान्ट निर्माण गर्न प्रारम्भिक सम्झौता गरेका छौं, योसँगै मोट्रेक्सले प्लान्ट स्थापनाको लागि आवस्यक काम अघि बढाउने छ’ अधिकारीले चाणक्यपोष्टसँग भने ।

 

सीईओ अधिकारीले एसेम्बल्ड प्लान्ट लगाउन मोतिपुर औद्योगिक क्षेत्रमा जमिन दिने प्रकृयासमेत अघि बढेको बताए ।

 

अधिकारीका अनुसार कम्पनीले कोरियन ब्राण्ड वा अन्य कुनै देशको एक प्रतिष्ठित ब्राण्डको गाडी उत्पादन गर्ने र इन्फोटेन्टमेन्ट सिस्टम नेपालमै बनाएर भारत निकासी गर्ने योजना कम्पनीले बताएको छ ।

जुद्ध शमशेरको पालादेखि अलपत्र सडकको निर्माण शुरु Read Previous

जुद्ध शमशेरको पालादेखि अलपत्र सडकको निर्माण शुरु

मूल्य आकाशिएपछि सरकारले ल्यायो प्याजमा विशेष कार्यक्रम Read Next

मूल्य आकाशिएपछि सरकारले ल्यायो प्याजमा विशेष कार्यक्रम