मूल्य आकाशिएपछि सरकारले ल्यायो प्याजमा विशेष कार्यक्रम

काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याको मूल्य आकासिएको छ । पछिल्लो समय नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पुगेको छ । यसैलाई मध्यनजर गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालयले प्याज विशेष कार्यक्रम ल्याएको छ ।

 

कृषि मन्त्रालयले प्याजको अभाव हुन नदिनको लागि प्याज विशेष कार्यक्रम ल्याउने भएको छ । ४ वर्ष भित्र प्याजको उत्पादन बढाउने उदेश्यका साथ प्याज विशेष कार्यक्रम आयोजना गरिएको कृषि मन्त्रालयका प्रवक्ता हरी बहादुर केसीले जानकारी दिए ।

 

यस कार्यक्रम अन्तर्गत कपिलवस्तु, बाके, दाङ, बर्दिया, रुकुम र पाल्पा लगायतका ठाउँमा प्याज विशेष कार्यक्रम लागू गरिएको छ । प्रत्येक जिल्लाको सय हेक्टरमा प्याज तथा बीउ उत्पादन गरिने योजना रहेको केसीले बताएका छन् ।

 

‘प्याजमा पूरा आतमनिर्भर हुन सकिँदैन तर, आवश्यकता अनुसार फेरी यस्तै अभाव नहोस भनेर यो कार्यक्रम बनाइएको हो,’ केसीले चाणक्यपोष्टसँग भने ।

 

उनका अनुसार प्रतिहेक्टर ३० मेट्रिकटनसम्म प्याज उत्पादन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षमा यस कार्यक्रमका लागि ७ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ ।

 

नेपालमा हाल ५ लाख मेट्रिकटन बढी प्याज माग रहेको छ । भारतबाट साढे ३ लाख मेट्रिकटन प्याज आयात हुने गरेकोक छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा सरदर २ लाख ३० हजार मेट्रिकटन प्याज उत्पादन हुने गरेको छ ।

 

चालू आवको असोजदेखि यता  भारतबाट प्याज आयात हुन नसक्दा नेपाली बजारमा प्याजकाे हाहाकार मच्चिएको थियो । तर, केही समय यता चीन र अफ्रिकी मुलुकहरुबाट समेत प्याज आयात सुरु भए पछि उपभोक्तालाई केही राहत भएको छ ।

 

नेपाल प्याजमा पूर्ण परनिर्भर रहेको छ । नेपालमा भारतबाट ९० प्रतिशत बढी प्याज आयात हुने गरेको थियो । ३ महिना यता भारतले प्याज निर्यातमा रोक लगाएको छ । नेपालमा उपभोग हुने १० प्रतिशत प्याज नेपालमै उत्पादन हुने गरेको छ ।

 

चालू आवको असोजदेखि यता  भारतबाट प्याज आयात हुन नसक्दा नेपाली बजारमा प्याजकाे हाहाकार मच्चिएको थियो । तर, केही समय यता चीन र अफ्रिकी मुलुकहरुबाट समेत प्याज आयात सुरु भए पछि उपभोक्तालाई केही राहत भएको छ ।

 

चालू आवमा दक्षिण अफ्रिकी मुलुक नामिबीयाले १२ हजार केजी प्याज पठाएको भन्सार विभागको तथ्यांकले देखाएको छ । नामिबीयाबाट कूल ३ लाख ८७ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो ।

 

यस्तै, चीनले १ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको प्याज नेपाल पठाएको छ । भारतले प्याज निर्यात प्रतिबन्ध लगाए पछि प्याज निर्यातमा चीन लचिलो देखिएको हो ।

 

नेपालमा प्याज निर्यात प्रतिवन्ध लगाउनु अघि भारतले चालू आवमा मात्रै १ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्याज नेपाल पठाएको थियो ।

कार एसेम्बल गर्न मोट्रेक्ससँग भयो सम्झौता, ४ वर्षमा बन्ला नेपालमै कार Read Previous

कार एसेम्बल गर्न मोट्रेक्ससँग भयो सम्झौता, ४ वर्षमा बन्ला नेपालमै कार

श्री एयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान Read Next

श्री एयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान