क्यारो टीभी नेपालको आइपी टीभी च्यानल सेवा सुरू

काठमाडौं । आइपी टीभी सेवा प्रदायक कम्पनी क्यारो टीभी नेपालले सर्वाधिक आइपी टीभी च्यानल सेवाको सुचारु गरेको छ । जसमा २०० प्लस लाइभ एचडी र एसडी च्यानल छन् ।

कम्पनीले खेलकुद ,समाचार , सूचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । युट्यूब सपोर्ट गर्ने स्मार्ट सेट टपबक्स छ । जसमा उतकृष्ट भिडियो सामाग्री संगैको सुविधा क्यारो टीभी मार्फ़त संचालन गरिएको हो ।

कम्पनीका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन ।ग्राहकको आवश्यकतालाई मध्येनजर गर्दै सुलभ तथा सुपथ मूल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टीभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।

ग्राहकको चाहनालाई ध्यानमा राख्दै कम्पनीले काठमाडौं उपत्यकासहित बिर्तामोड, नेपालगंज, पोखरा, वीरगञ्ज लगायत नेपालको सबै मुख्य शहरहरुमा आफ्नो सेवा उपलब्ध गराएको छ ।

साथै, क्यारो टीभीको सेवा २४ घण्टा सातै दिन सुचारु हुँदै आएको छ। आइपी टीभी जगतमै क्यारो टीभीले नौलो सुरुआत गरेको कम्पनीको दाबी छ ।

हालै सुरु भएको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टीभी अफरमा १२ महिना बोनस पाउने छन् । साथै, फ्री स्मार्ट सेट टपबक्स र फ्री फाइभ जी डुअल ब्यान्ड राउटर र २०० एमबीपीएस हाइ स्पीड इन्टरनेट पनि पाउने छन् ।

नेप्सेमा झिनो अंकको गिरावट, फाइनान्सको सेयरमा भने उच्च आकर्षण Read Previous

नेप्सेमा झिनो अंकको गिरावट, फाइनान्सको सेयरमा भने उच्च आकर्षण

मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो Read Next

मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो