काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई विभिन्न सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ लाख ७ हजार ५०० रुपैयाँ बराबरको चेस्ट स्ट्राप र ५ थान गोप्रो हिरो १२ क्यामरा हस्तान्तरण गरेको हो ।
प्रहरी कार्यालय पर्साको अनुरोधमा पर्सामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरूको निगरानी तथा रोकथाम गर्न बंैकले सो सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट बंैकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।