देशका विभिन्न १५ शहरमा ‘रोड-शो’ गर्दै डिशहोम

काठमाडौं । डिशहोमले देशभरका विभिन्न १५ सहरहरुमा रोड शो कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियो अन व्हील्स रोड शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गर्ने भएको हो ।

आउँदो टी २० विश्वकप क्रिकेट र यूरो २०२४ लाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको डिशहोमले जनाएको छ । यस कार्यक्रमले हजारौंलाई पूर्ण मनोरञ्जन गराउने कम्पनीको विश्वास छ ।

रोड शो कार्यक्रमा महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मीता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोता रहने छन् भने शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले  प्रस्तुति दिने छन् ।

कार्यक्रममा अन्य थप रोमान्चाक गतिविधि हुने छन् । जहाँ सहभागीहरूले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कार पनि जित्न सक्नेछन ।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हील वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा समापन हुनेछ।

 

प्रभु बैंकका ग्राहकलाई स्वस्तिक हेल्थ केयरमा २५ प्रतिशतसम्म छुट Read Previous

प्रभु बैंकका ग्राहकलाई स्वस्तिक हेल्थ केयरमा २५ प्रतिशतसम्म छुट

१० करोडमा कुरा नमिल्दा १० महिनादेखि रोकियो मध्यभोटेकोशीको तार तान्ने काम Read Next

१० करोडमा कुरा नमिल्दा १० महिनादेखि रोकियो मध्यभोटेकोशीको तार तान्ने काम