प्रभु बैंकका ग्राहकलाई स्वस्तिक हेल्थ केयरमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ललितपुरको ताल्छीखेलस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको विभिन्न सेवा छुट पाउने भएका छन् । दुई संस्था बीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार स्वस्तिक हेल्थ केयरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।

जसअन्तर्गत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरूमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

बैैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरू अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ईआइएमा अल्झियो मझगाउँ विमानस्थल पुनःनिर्माण, १० महिनामा पनि आएन पत्रको जवाफ Read Previous

ईआइएमा अल्झियो मझगाउँ विमानस्थल पुनःनिर्माण, १० महिनामा पनि आएन पत्रको जवाफ

देशका विभिन्न १५ शहरमा 'रोड-शो' गर्दै डिशहोम Read Next

देशका विभिन्न १५ शहरमा 'रोड-शो' गर्दै डिशहोम