नयाँ बानेश्वरको आकाशे पुल तोकिएकै समयमा सम्पन्न नहुने

काठमाडौं । काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।

 

आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो । डिभिजन सडक कार्यालय काठमाडौंले गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

 

आकाशे पुल निर्माणका कतिपय काम बाँकी रहेकाले एक महिनामै सम्पन्न हुने नदेखिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताए। उनले भने, “आकाशे पुल निर्माणको काम भइरहेको देखिए पनि समयमै सकिने अवस्था देखिएको छैन ।”

 

ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचनाका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो ।

 

अहिले निर्माणका क्रममा कुनै अवरोध नभएको इञ्जिनीयर सुदर्शन कार्कीले बताए । यस स्थानमा महानगरपालिकाको आकाशे पुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ ।

 

कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन ।काठमाडौं महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशे पुल निर्माण गरिरहेको छ ।रासस

हार्वडले १० पटक भर्ना लिन अस्विकार गरेका ज्याक माको कमाइ र खर्च Read Previous

हार्वडले १० पटक भर्ना लिन अस्विकार गरेका ज्याक माको कमाइ र खर्च

सागमा पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा, कुन पदक जित्नेले कति पाउने भए Read Next

सागमा पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा, कुन पदक जित्नेले कति पाउने भए