सागमा पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा, कुन पदक जित्नेले कति पाउने भए

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुले पाउने पुरस्कार घोषणा भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

 

सागमा रजत पदक जित्ने खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा  गरेका छन् ।

 

टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् ।

 

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो ।

नयाँ बानेश्वरको आकाशे पुल तोकिएकै समयमा सम्पन्न नहुने Read Previous

नयाँ बानेश्वरको आकाशे पुल तोकिएकै समयमा सम्पन्न नहुने

जुद्ध शमशेरको पालादेखि अलपत्र सडकको निर्माण शुरु Read Next

जुद्ध शमशेरको पालादेखि अलपत्र सडकको निर्माण शुरु