हार्वडले १० पटक भर्ना लिन अस्विकार गरेका ज्याक माको कमाइ र खर्च

ज्याक मा चीनको सबैभन्दा धनी मानिस हुन् । उनको अनुमानित सम्पत्ति ३८ अर्ब डलर रहेको छ । ५५ वर्षीय मा चर्चित चिनियाँ इ–कर्मश ‘प्लेटर्फम’ अलिबाबाका सह-संस्थापक हुन् । अलिबाबाले चीनको कूल अनलाइन व्यापारको ८० प्रतिशत हिस्सा ओगटेको छ । २० वर्ष कम्पनीमा रहेपछि गत सेप्टेम्बरमा माले कार्यकारी अध्यक्षको पदबाट राजिनामा दिएका छन् ।

 

स्वनिर्मित अर्बपति हुन् ज्याक मा । उनले आफ्नो करिअरको शुरुवात अंग्रजी शिक्षकको रुपमा गरेका थिए, जुनबेला उनी महिनाको १२ डलर कमाउँथे । अमेरिकाको चर्चित विश्वविद्यालय हार्वडले उनलाई १० पटकसम्म भर्ना दिन अस्वीकार गरेको थियो । उनलाई सामान्य जागिर दिनका लागि समेत ३० वटा कम्पनीहरुले अस्वीकार गरेका थिए । उनलाई फाष्ट फुड चेन केएफसीले समेत जागिर दिन अस्वीकार गरिदिएको थियो ।

 

इन्टरनेटको आविस्कार पछि माले त्यहाँ व्यवसायीक अवसर देखे । र, प्रविधि र व्यवसायको कुनै कार्यअनुभव नभए पनि अन्य १७ जना साथीहरुसँग मिलेर उनले सन् १९९९ मा अलिबाबाको स्थापना गरे । यो डिजिटल प्लेटर्फमले चिनियाँ ग्राहक र उत्पादकहरुलाई जोड्यो ।

 

अलिबाबाको लागि शुरुवाती दिनहरु सुखद थिएनन् । डट कम व्यवसायले सन् २००० मा खाएको धक्का, इ बे, इच नेट जस्ता प्रतिस्पर्धीहरुको कारणले अलिबाबा यात्रा खलबलिएको थियो । तर याहुले थोरै लगानी गरेपछि कम्पनीले खुट्टा टेक्ने आधार भेट्टाएको थियो ।

 

सन् २०१४ मा अलिबाबाले अमेरिकामा आइपीओ जारी गरेको थियो । उक्त आइपीओ अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपीओ थियो । त्यसपछि अलिबाबाका संस्थापक ज्याक मा चीनको सबैभन्दा धनी व्यक्ति बने । अहिले अलिबाबाले अलि पे र चिनीयाँ सामाजिक सञ्जाल वेइबोमा समेतमा आफ्नो लगानी बढाएको छ ।

 

अर्बौंको सम्पत्ति भएका ज्याक मा आफू अहिलेभन्दा अंग्रेजी शिक्षक हुँदा बढी खुसी भएको बताउँछन् । उनी अर्बौंको सम्पत्तिसँगै त्यो सम्पत्ति समाजको हितमा खर्च गर्ने जिम्मेवारी पनि आएको बताउँछन् । त्यसैले उनी शिक्षा, पर्यावरण र स्वास्थ्यको क्षेत्रमा अनुदान दिइरहेका छन्, सायद ।

 

अहिले अलिबाबा इ-कर्मशमा मात्र सीमित छैन । माको नेतृत्वमा अहिले अलिबाबाले साउथ चाइना मर्निङ पोष्ट र फिल्म स्टुडियोको पनि स्वामित्व लिएको छ ।

 

सन् २०१३ मा ज्याक मा कार्यकारी अध्यक्ष भएपछि अलिबाबाको कारोबारमा ११ सय प्रतिशतले बढोत्तरी भएको छ । सन् २०१९ को सेप्टेम्बरमा कम्पनीको कूल बजार पूँजीकरण ४ सय ६५ अर्ब डलर पुगेको छ । माको अलिबाबामा ५.३ प्रतिशत हिस्सेदारी छ । यसको मतलब अलिबाबामा उनको कूल सम्पत्ति २४.६ अर्ब डलर रहेको छ ।

 

अलिबाबाको अलावा माले लगानीको राम्रै विविधिकरण गरेका छन् । उनले आफ्नो सम्पत्ति व्यवस्थापनका लागि पूँजी व्यवस्थापन कम्पनी स्थापना गरेका छन्, सन् २०१० मा । माको याहु चाइनामा पनि लगानी रहेको छ ।

 

तर, अर्बौको सम्पत्ति भए पनि उनी खासै खर्च भने गर्दैनन् । उनी १५ हजार डलर पर्ने सामान्य एसयूभी रोइवी आरएक्स ५ चढ्छन् । उनी आफ्नो सोखको लागि पनि खासै खर्च गर्दैनन् । उनी पोकर खेल्न र ध्यान गर्न रुचाउँछन् ।

 

उनी केही कुरामा धेरै खर्च गर्छन् भने त्यो हो घरजग्गा खरिदमा । सन् २०१५ मा उनले झण्डै २० करोड डलर पर्ने घर हङकङमा खरिद गरेका थिए । खरिदको समयमा यो घर प्रति वर्ग फुट मूल्यको हिसाबले एसियाकै सबैभन्दा महङ्गो घर थियो । उनले अमेरिकाको न्यूयोर्क र फ्रान्समा पनि घरजग्गामा लगानी गरेका छन् ।

 

उनी विश्वका विभिन्न ठाउँमा रहेका आफ्ना घरहरुमा कसरी भ्रमण गर्छन् त ? अलिबाबाले माको लागि झण्डै ५ करोड डलरमा निजी जेट खरिद गरेको छ ।

 

ज्याक माको ‘रिटायरमेन्ट’ पार्टीले पनि विश्वव्यापी रुपमै चर्चा बटुलेको थियो । अलिबाबाले ओलम्पिक स्तरको रङ्गशाला भाडामा लिएर ६० हजार कर्मचारीहरुको साथमा पार्टीको आयोजना गरेको थियो ।

 

अर्बौंको सम्पत्ति भएका ज्याक मा आफू अहिलेभन्दा अंग्रेजी शिक्षक हुँदा बढी खुसी भएको बताउँछन् । उनी अर्बौंको सम्पत्तिसँगै त्यो सम्पत्ति समाजको हितमा खर्च गर्ने जिम्मेवारी पनि आएको बताउँछन् । त्यसैले उनी शिक्षा, पर्यावरण र स्वास्थ्यको क्षेत्रमा अनुदान दिइरहेका छन्, सायद ।

 

उनको नेतृत्वमा अलिबाबाले आफ्नो कूल कमाइको ०.३ प्रतिशत पर्यावरण सम्बन्धी मुद्दामा खर्च गर्ने गरेको छ । प्राकृतिक प्रकोपको समयमा पनि अलिबाबाले ठूलो रकम बाँढ्दै आएको छ । सन् २०१४ मा स्थापना भएको ज्याक मा फाउन्डेसनले सेजियाङ युनिर्भसिटी हस्पिटल र ग्रामीण चिनीयाँ शिक्षकहरुलाई ४ करोड ४० लाख डलर सहायोग गरेको छ ।

 

अवकाश प्राप्त जीवन र बढ्दो लगानीको समयमा ज्याक माले आफ्नो अर्बौं डलरको सम्पत्ति कहाँ लैजान्छन् वा के गर्छन् भनेर यसै भन्न सकिने अवस्था भने छैन ।

-एजेन्सीको सहयोगमा

डिप्रोक्स लघुवित्तले गर्‍यो आकर्षक लाभांश घोषणा Read Previous

डिप्रोक्स लघुवित्तले गर्‍यो आकर्षक लाभांश घोषणा

नयाँ बानेश्वरको आकाशे पुल तोकिएकै समयमा सम्पन्न नहुने Read Next

नयाँ बानेश्वरको आकाशे पुल तोकिएकै समयमा सम्पन्न नहुने