मासुका अम्बलीले चलाए बिरुवा काटेर मासु खाने चलन, वार्षिक कारोबार १० अर्ब डलर

ज्याप कर्टिवेग मासु खाएरै हुर्किए । हल्याण्डको गाई फार्म वरिपरि हुर्किएपछि मासु उनको जीवनको अविभाज्य अंग हुने नै भयो ।

 

नवौं पुस्ताका यी किसानले जनावर काटेर मासु खाने प्रवृत्तिसँग विरुवा काटेर ‘मासु’ खाने चलन साटेका छन् । यो व्यवसायको अन्तर्राष्ट्रिय विस्तार पनि गरेका छन् । र, मासुको कम खपत गरेर यो पृथ्वीलाई दीगो बनाउन सकिन्छ भनेर जनचेतना पनि फैलाएका छन् ।

 

सन् २०१० को जनावर तथा पशुपंक्षी दिवसमा कर्टिवेगले हेगमा ‘शाकाहारी बधशाला’को स्थापना गरेका हुन् । उनको कम्पनीको उद्देश्य स्वाद र महशुसको हिसाबले मासु जस्तै हुने तर तरकारीबाट उत्पादन हुने खाद्य पदार्थको उत्पादन गर्नु हो ।

उनले आफ्नो उत्पादन बेच्नको लागि विख्यात फास्ट फुड चेन बर्गर किङसँग पनि सम्झौता गरिसकेका छन् । बर्गर किङले उनको उत्पादन युरोपका २५ देशमा रहका उसको २५०० रेष्टुरेन्टबाट विक्री वितरण गर्ने छ ।

 

‘म मासुको स्वादको अम्मली थिएँ । त्यसैले मेरो सोच भनेको हामी कसरी उस्तै स्वादको पदार्थ र त्यो पनि जनावर बिना उत्पादन गर्न सक्छौं भन्ने हो,’ उनी भन्छन् ।

 

कम्पनीको उत्पादन प्रक्रिया वेजिनिन्जेन विश्वविद्यालयका वैज्ञानिकहरुले विकास गरेका हुन् । यो उत्पादन प्रक्रियामा जनावरबाट मासु उत्पादन गर्दा लाग्ने भन्दा धेरै कम खाद्य पर्दाथको खपत हुन्छ । सामान्यत १ किलो मासु उत्पादन गर्नका लागि ३ किलो खाद्य पर्दाथको खपत हुन्छ । शाकाहारी वधशालामा यो खाद्य पर्दाथको ठूलो हिस्सा बचत हुन्छ ।

 

कर्टिवेगका अनुसार उनी जनावर बिनै र मेसिनबाट गेडागुडी वा गहुँबाट स्वादिलो ‘मासु’ उत्पादन गर्ने सपना देखेर बस्थे ।

 

सन् २०१८ मा युनिलिभरले खरिद गरेको यो कम्पनीले विश्वव्यापी रुपमै आफ्ना प्रशंसकहरु कमाइसकेको छ । संसारका नामी रेष्टुरेन्टहरुले यो कम्पनीको उत्पादन बेचिरहेका छन् । यसका उत्पादनहरु सुंगुरको मासु भन्दा नरम र कुखुराको मासु भन्दा रसिलो भएको चर्चा पारखीहरु माझ छ ।

 

यो कम्पनीको उत्पादनमा गेडागुडी, बाँसको रेसाहरु, प्याज र गाँजरका धूलोहरु लगायतका खाद्य पर्दाथहरु प्रयोग हुन्छन् ।

‘मानिसहरु मासु मनपराउँछन्,’ कर्टिवेग भन्छन्, ‘त्यसैले यो बिना बाँच्न आवश्यक छैन । तपाईं जति चाहनुहुन्छ त्यति मासु खान सक्नुहुन्छ, तर जनावरहरुको प्रयोग बिना’

 

कम्पनीले विरुवामा आधारित मासुको व्यवसाय सन् २०१८ देखि २०२६ सम्ममा ३ गुणाले बढ्ने विश्वास लिएको छ । हाल १० अर्ब डलरको यो क्षेत्रको व्यवसाय ३० अर्बभन्दा बढी हुने अनुमान कम्पनीले गरेको छ ।

 

राष्ट्रसंघको खाद्य तथा कृषि संघका अनुसार मानव क्रियाकलापबाट उत्पादन हुने हरित ग्यासको उत्पादन १४.५ प्रतिशत विश्वव्याापी रुपमा मासुको लागि पालिएको जनावरहरुको कारणले भएको छ । एजेन्सीको सहयोगमा

उद्योग स्थापनाका लागि औद्योगिक ग्राम आवश्यक : महासंघ Read Previous

उद्योग स्थापनाका लागि औद्योगिक ग्राम आवश्यक : महासंघ

ग्लोबल आइएमई बैंकको लाभांश पारित, जनतालाई मर्ज गरी मंसिर भित्रै एकीकृत कारोबार गर्ने Read Next

ग्लोबल आइएमई बैंकको लाभांश पारित, जनतालाई मर्ज गरी मंसिर भित्रै एकीकृत कारोबार गर्ने