डिप्रोक्स लघुवित्तले गर्‍यो आकर्षक लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते सम्पन्न बैठकले अघिल्लो आवको तुलनामा २५ प्रतिशत बढाएर ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

 

डिप्रोक्सले ३० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश घोषणा गरेको हो।

 

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस वितरण पछि १ अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ पुग्नेछ ।

 

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ कम्पनीको मूल्यमा पाेजेटिभ सर्किट Read Previous

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ कम्पनीको मूल्यमा पाेजेटिभ सर्किट

हार्वडले १० पटक भर्ना लिन अस्विकार गरेका ज्याक माको कमाइ र खर्च Read Next

हार्वडले १० पटक भर्ना लिन अस्विकार गरेका ज्याक माको कमाइ र खर्च