सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १०९.६५ प्रतिशतले बढेको हो ।

सिद्धार्थ प्रिमियरले चालु वर्षको चैत मसान्तसम्म ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आव सोही अवधिको तुलनामा ३१ करोड २३ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष चैतसम्म २८ करोड ४८ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य सुधार आउँदा खुद नाफा बढेको हो ।

चालु वर्षमा कम्पनीको कुल बीमा शुल्क संकलन १ अर्ब ८ करोडले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीले ऋण तथा लगानीबाट हुने आम्दानी ७१.९८ प्रतिशतले बढेर ५२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

हाल २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा ४ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा ७१ करोड २ लाख रुपैयाँ र महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ छ ।

१ लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर Read Previous

१ लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

चुक्ता पूँजी  पुर्‍याउन हकप्रद सेयर जारी गर्दै ८ बीमा कम्पनी, कुनले कति ? Read Next

चुक्ता पूँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्दै ८ बीमा कम्पनी, कुनले कति ?