लगातार दोस्रो महिना आए १ लाख बढी पर्यटक

काठमाडौं । पर्यटकीय सिजन सुरू भएसँगै हरेक महिना १ लाख बढी पर्यटक आउन थालेका छन् । सन् २०२४ को मार्च र अप्रिलमा लगातार १ लाख बढी पर्यटक आएका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन् । यसअघि मार्चमा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए ।सन् २०१९ यता कुनै १ महिनामा आएको सबैभन्दा धेरै संख्या हो ।

त्यस्तै, जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् ।

अप्रिलमा सबैभन्दा धेरै ३० हजार १५८ जना पर्यटक नेपाल आएका छन् । त्यसैगरी, अमेरिकाबाट ९ हजार ९४७, चीनबाट ९ हजार ७५०, वेलायतबाट ५ हजार ३९१, अस्ट्रेलियाबटा ४ हजार ११०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रुसबाट २ हजार ९७७ र मलेसियाबाट २ हजार ३१० पर्यटक नेपाल आएका छन् ।

सेयर बजारमा करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

नेप्सेमा सिंगटी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत Read Next

नेप्सेमा सिंगटी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत