सेयर बजारमा करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता अघिल्ला ३ दिनमा ४० अंकले बढेको नेप्सेमा आज ७ अंकले घटेको हो ।

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६३ करोडले घटेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

यसदिन ३०८ कम्पनीका ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स र व्यायार बाहेक अरु सबैको परिसूचक घटेको छ ।

आज माइक्रोफाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढेको छ ।

गत वर्षको नाफाबाट ३४.५ प्रतिशत लाभांश घोषणा गरेको आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ७७ लाख रुपैयाँ बढीको ४ लाख ९७ हजार ५७ कित्ता सेयर किनबेच भएको छ ।

आज ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु, इन्फिनिटी र साधना लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

पिपुल्स पावरका सेयरधनीले भने सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।

कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा Read Previous

कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

लगातार दोस्रो महिना आए १ लाख बढी पर्यटक Read Next

लगातार दोस्रो महिना आए १ लाख बढी पर्यटक