काठमाडौं । नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १०ः४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।
हाल प्रतिकित्ता १०० रुपैयाँ दरले ६५ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । बीमा पधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।
कम्पनीले उक्त हकप्रद प्रस्ताव पारित गर्न जेठ ४ गते विशेष साधरण सभा बोलाएको छ । कम्पनीको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले सभामा हकप्रदसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरू लैजाने भएको छ ।
विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुकक्लोज तोकेको छ । सो अनुसार वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।