काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट बम्पर लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको वैशाख १९ गते बसेको बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र करसहित ९.५ प्रतिशत नगद गरी कुल ३४.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।