आइएमई ग्रुपले इन्डोनेसियाको कम्पनीसँग ऊर्जा परियोजनामा साझेदारी गर्ने

काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्नेबारे सहमति भएको छ।

मङ्गलबार एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पीटी पीएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पीटी पीएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो। समझदारी अन्तर्गत, पीटी पीएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ।

पीटी पीएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ।

यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ। आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने बताए।

बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको उनले बताए।

आइएमई ग्रुपले जलविद्युत, बैङ्किङ, बीमा, पर्यटन पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ।

मेरो माइक्रोफाइनान्सको नाफा साढे ९ गुणाले बढ्यो Read Previous

मेरो माइक्रोफाइनान्सको नाफा साढे ९ गुणाले बढ्यो

निर्माण र उद्योग क्षेत्रमा आएन सुधार, आवास र यातायात क्षेत्रको वृद्धिदर उच्च Read Next

निर्माण र उद्योग क्षेत्रमा आएन सुधार, आवास र यातायात क्षेत्रको वृद्धिदर उच्च