काठमाडौं । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ एनिमेटेड भाइबर स्टिकर प्याक शुभारम्भ गरेको छ ।
बैंकले सोमबारदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ ।
भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ ।
भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।