काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७३.८७ प्रतिशतले बढेको हो ।
लघुवित्तले चालु आवको चैतसम्म १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४६ लाख रुपैयाँ धेरै हो । लघुवित्तले गत वर्ष सोही अवधिमा ६५ लाख ५५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा र खराब कर्जा घट्दा लघुवित्तको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढेर १५ करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ७३.७२ प्रतिशतले बढेर १ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा घट्दा इम्पेरमेन्ट चार्ज घटेर १७ लाख ६० हजारमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ०.२९ प्रतिशत घटेर ४ अर्ब १५ करोड र कर्जा लगानी ७.५८ प्रतिशतले घटेर ४ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ ।
हाल ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड ५५ लाख, रिटेन्ड अर्निङमा ६२ लाख ९ हजार र जगेडा कोषमा ९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६२ लाख ९ हजार रुपैयाँ छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.७३ रुपैयाँबाट बढेर ४.७५ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५२.५८ गुणा, खराब कर्जा ४.६१ प्रतिशत रहेको छ ।