काठमाडौं । नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कक्पनीले लगानी गर्ने भएको छ ।
जारी लगानी सम्मेलनका क्रममा नेपालको बीएलसी ग्रुप र भारतको योटा डेटा सर्भिस इन्डिया बीच डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले हस्ताक्षर गरेका हुन् ।
डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दुई पक्षिय सम्झौता भएको हो । डेटा सेन्टर स्थापनाका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने बताइएको छ ।