काठमाडौं । अब नेपालीले चीन जानका लागिभिसा शुल्क तिर्नुनपर्ने भएको छ । चीन सरकारले आगामी मे १ तारिख (वैशाख १९ गते)देखि लागू हुने गरी नेपाली नागरिकलाई भिसा शुल्क नलिने घोषणा गरेको हो ।
चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जाल एक्समार्फत नेपाल र चीन बीचको मित्रतालाई थप प्रबद्र्धन गर्न र आपसी आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरिएको जानकारी गराएका हुन् ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार नेपाली नागरिकलाई भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने तिर्नुपर्नेछ । यद्यपि, मे १ तारिख अघि आवेदन दिएकले भने भिसा शुल्क पनि तिर्नुपर्नेछ ।
Notice on Exempting Nepali Citizen from Chinese Visa Fees in Nepal
In order to promote the friendship and further facilitate the personnel exchange between China and Nepal, the Chinese Embassy in Nepal will not charge Nepali citizen’s Chinese visa fee since May 1, 2024 (express…— Ambassador Chen Song (@PRCAmbNepal) April 28, 2024
नेपाली नागरिकले एक्सप्रेस वानबाट स्ट्याण्डर्ड भिसा लिन ४ हजार रुपैयाँ, एक्सप्रेस टुबाट स्ट्याण्डर्ड भिसा लिन २ हजार ७०० रुपैयाँ शुल्क लाग्ने दूतावासले जनाएको छ ।
त्यस्तै, ग्रुप भिसा लिन एक्सप्रेस वानबाट २ हजार र एक्सप्रेस टुबाट १ हजार ३५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यसैगरी, एक्सप्रेस वानबाट भिसा लिँदा ७ हजार ८०० रुपैयाँ र एक्सप्रेस टुबाट ५ हजार ८५० रुपैयाँ सेवा शुल्क तिर्नुपर्नेछ । सामान्य तरिकाबाट भिसा लिँदा ३ हजार ९०० रुपैयाँ शुल्क लाग्ने दूतावासले जनाएको छ ।