काठमाडौं । सूर्यज्योतिसँग आबद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ ।
चालु आवमा कम्पनीले ३ जनालाई प्रोडक्ट एम्बास्डर बनाएको छ । बुटवल-पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही, महाराजगंज शाखाकी सृजना पन्तलाई प्रोडक्ट एम्बास्डर बनाएको हो ।
घिमिरे चौरासी पूजा जीवन बीमा योजना, शाही सुरक्षित भविष्य जीवन बीमा योजना र पन्त सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बास्डर बनेकी हुन् ।
कम्पनीले प्रोडक्ट एम्बास्डर बनेका व्यक्तित्वहरूको फोटो राखी विज्ञापन समाग्रीहरू विभिन्न संचार माध्यम, सामाजिक संजाल मार्फत प्रचारप्रसार गरेको छ । साथै, देशभरका शाखा कार्यालयहरूको विशेष स्थानमा उनीहरूको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।
कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरूको मानसम्मान, इज्जत एबं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरू प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरू माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो ।
यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरूको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण सृजना भएको कम्पनीले तबाएको छ ।