टियागो ईभी किन्न नबिल बैंकले एकल अंकको ब्याजदरमै ऋण दिने

काठमाडौं । नबिल बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब टाटा टियागो ईभी खरिद गर्न चाहनेले नबिल बैंकको नेपाल भरका शाखाहरूमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् । अर्थात् ५.२९ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर टियागो ईभी किन्न सक्नेछन् ।

बैंकले टियागो ईभी किन्ने ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जा उपलब्ध गराउने छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक कार हो ।

 

प्रधानमन्त्री र एडीबीका उपाध्यक्ष बीच भेट, एडीबीले रणनीतिक आयोजनामा लगानी गर्ने Read Previous

प्रधानमन्त्री र एडीबीका उपाध्यक्ष बीच भेट, एडीबीले रणनीतिक आयोजनामा लगानी गर्ने

प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान Read Next

प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान