नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

 

कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

 

उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए ।

 

पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ । उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी रहेको छानबिन समितिको ठहर, बर्खास्त हुने सम्भावना Read Previous

डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी रहेको छानबिन समितिको ठहर, बर्खास्त हुने सम्भावना

धुलिखेलमा क्रिसमस अफरः दुई रात बस्न १ लाख ६ हजार Read Next

धुलिखेलमा क्रिसमस अफरः दुई रात बस्न १ लाख ६ हजार